‘प्रथम फ्लो फ्लो कप’फुटबल प्रतियोगितामा आज ६ खेल सम्पन्न

पाेखरा | फागुन १६, २०७९

‘प्रथम फ्लो फ्लो कप’फुटबल प्रतियोगितामा आज ६ खेल सम्पन्न

पोखरा:   गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।प्रतियोगिता सुरु भएसगैं सोमबार ६ खेल सम्पन्न भएको हो।


सोमबार सम्पन्न पहिलो खेलमा सीतलज्योती एफसीले बिजयपुरलाई ३/१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो ।


यस्तै दास्रो खेलमा दीप १६ले एनएम वाइ सीलाई ३/२ गोल अन्तरले पराजित गर्दै अघिल्लो संस्करणमा प्रवेश गर्न सफल रहयो भने तेस्रो खेलमा रामघाटले म्याग्दी चोकलाई २/० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।


चौथो एलजी एकता र खरबारी एफसी बीचको खेलमा एलजीले खरबारीलाई २/१ अन्तरले बिजयी गर्दै अघिल्लो चरणमा प्रवेश गनृ सफल रहयो । त्यसैगरी पाचौं खेलमा भने रत्न समाजले ३/० गोल अन्तरले लेकसाइडलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल रहयो । यस्तै छटौ खेलमा निकी एफसीले १/० गोल अन्तरले सिरेस एफसीलाई पराजित गर्दै दोस्रो चरण प्रवेश गर्न सफल भयो ।


प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।


यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५र५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । प्रतियोगिता पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन १४ गते देखि २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए ।
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्